• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
☰
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ६. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ७. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ८. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ९. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • १०. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

डेढ वर्षदेखि सञ्चारविहीन छन् कफलकोटवासी

  •   शुक्रबार, साउन १६, २०८२ मा प्रकाशित

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–२ कफलकोट धुरामा रहेको नेपाल टेलिकमको टावरले काम गर्न छाडेको छ । दुई वर्ष अगाडि सञ्चालन भएको यो टावरले गएको डेढ वर्षयता काम गर्न छाडेको हो ।

टावरले काम गर्न छाडेदेखि यहाँका स्थानीय बासिन्दा सञ्चार सुविधाबाट वञ्चित भएका छन् । मोबाइलमा नेटवर्क नआउने र इन्टरनेट सेवाबाट समेत यहाँका बासिन्दा टाढा भएका छन् । टावर स्थापनापछि खुसी भएका यहाँका स्थानीय हाल भने निरास छन् । टावर सञ्चालन भएको छ महिनासम्म इन्टरनेट र मोबाइल सेवा राम्रै काम गरे पनि डेढ वर्षदेखि समस्या भएको हो ।

यहाँ करिब साढे तीन सय घरधुरी रहेको छ । फोन गर्न र इन्टरनेट सेवाकै लागि यहाँका बासिन्दा डाँडा चढ्न बाध्य रहेका स्थानीय कृष्ण भाटले बताए । उनले भने, “फोनको लाइन नआउँदा डाँडा चढेर फोन गर्नुपर्ने बाध्यता छ । कुनै आकस्मिक कामका लागि कतै फोन गर्नुपरेमा निकै समस्या हुने गरेको छ ।”

तल्लागाउँ, पातली, सिराड, बसाड, सल्याडलगायत बासिन्दा फोन गर्नकै लागि डाँडा चढ्ने गरेका छन् । फोन र इन्टरनेट सुविधा पाउनसमेत गाह्रो रहेको स्थानीय प्रताप महराले बताए । उनले भने, “गाउँघरमा फोनको लाइन आउँदैन, माथि डाँडा गएर फोन गर्नुपर्छ, समस्या समाधानका लागि टेलिकम सुन्दैन ।”

फोन र इन्टरनेट सुविधा नहुँदा कफलकोटमै रहेको रौलेश्वर माविलाई पनि कामकाजमा समस्या हुने गरेको छ । विद्यालयका प्रधानाध्यापक नरेन्द्र भाटले अनलाइनबाट गरिने कुनै पनि काम गर्न समस्या रहेको बताए । उनले भने, “अनलाइनसम्बन्धी काम गर्न निकै समस्या छ । कागजपत्र झोलामा बाकेर सिल्लेगडा, खोचलेक बजार धाउनुपर्ने बाध्यता छ । आकस्मिक फोन गर्नुपरेमा माथि डाँडा उक्लिनुपर्छ ।”

टावरले काम गर्न छाडेको विषयमा नेपाल टेलिकम बैतडीलाई पटकपटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको यहाँका स्थानीय बासिन्दा तथा जनप्रतिनिधिको गुनासो छ ।

दोगडाकेदार गाउँपालिका–२ को कार्यालयले टावरले काम गर्न छाडेको र समस्या समाधानका लागि पटकपटक लिखित रूपमा टेलिकमलाई आग्रह गरेको भए पनि हालसम्म पनि समस्या समाधान भएको छैन । टावरमा रहेको समस्याका बारेमा लिखित र मौखिक रूपमा टेलिकम कार्यालयलाई जानकारी गराए पनि समस्या हल नभएको वडा नं २ का वडाध्यक्ष विष्णुदत्त भट्टले बताए । फोन गर्नकै लागि यहाँका बासिन्दा डाँडा चढ्न बाध्य छन् । उनले भने, “टावरमा समस्या रहेकोबारे पटकपटक लिखित रूपमा पनि आग्रह गरेका छौँ, तर हालसम्म पनि कुनै सुनुवाइ भएको छैन ।”

नेपाल टेलिकम बैतडीका प्रमुख नारायण भट्टले धुरा टावरमा टुजी सुविधा नरहेकाले फोनको नेटवर्कमा समस्या भएको बताए । उनले भने, “धुरा टावर फोरजीमात्र सञ्चालनमा छ । टुजी नहुँदा फोनमा समस्या भएको हो ।”

टुजी थप्ने काम केही दिनमै हुने र नेटवर्कको समस्या समाधान हुने उनको दाबी छ । उनले भने, “धुरा टावरमा टुजी थप्ने तयारीमा छौँ । भदौै महिनाभित्र टुजी थप्छौँ । भदौपछि फोन गर्नकै लागि डाँडा चढ्नुपर्ने बाध्यता रहँदैन होला ।”

यसका साथै धुरा टावरमा विद्युत्को सिङ्गल फेज लाइनमात्र रहेकाले पनि समस्या आउने गरेको उनले बताए । उनले भने, “सिङ्गल फेज लाइनमात्र रहेकाले बिजुली गएको बेला नेटवर्कमा पनि समस्या देखिन जाने गरेको हो ।” प्रमुख भट्टले धुरा टावर अपग्रेड गर्ने तयारी रहेको पनि बताए । रासस

शुक्रबार, साउन १६, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद
पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ

समाचार

सबै

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.