धनगढी । कैलालीबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–११ बस्ने २६ वर्षीय विक्रम विक र अछामको साँफेबगर नगरपालिका–३ बस्ने २२ वर्षीय हेमराज कुँवर रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली, वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतवार धनगढी उपमहानगरपालिका–२ ब्यारेल नजिकबाट पक्राउ गरेको जनाइएको छ ।
उनीहरुको साथबाट ८ ग्राम ३२० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।













