कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले बिहानको समयमा राष्ट्रिय परिचयपत्रको सेवा सुरु गर्ने भएको छ । आज एक सुचना जारी गर्दै यही साउन २५ गते बाट लागु हुने गरी बिहानको समयमा सेवाशुरु गरिने जनाएको छ ।
राष्ट्रिय परिचयपत्र बनाउनेको चापलाई मध्येनजर गरी सेवाप्रवाहमा सहजता,प्रभावकारिता तथा भिड व्यवस्थापन गर्न आबश्यक देखिएका कारण बिहान को समय प्रशासनले सेवा शूरु गर्न लागेको सुचना अधिकारी शिबराज जोशीले जानकारी दिए ।













