काठमाडौं । रूपन्देही, सिद्धार्थ नगरपालिका-८ बसडिलिया डेरा गरी बस्ने कपिलवस्तु बाणगंगा नगरपालिका-४ गजेहडा घर भएकी ६२ वर्षीया बसन्ती बगालेको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी
उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
झापा, गौरादह नगरपालिका-४ जोरघरे बस्ने ५४ वर्षीय चन्द्रमाया नेम्वाङको करेन्ट लागेर मृत्यु भएको छ । आफनै घर नजिकै विद्युतीय मोटरबाट खेतमा सिंचाई गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।
उदयपुर, त्रियुगा नगरपालिका-७ भण्टाबारी बस्ने देवन विकको छोरा ११ वर्षीय दर्शन विकको करेन्ट लागेर मंगलबार बेलुकी मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर मृत्यु
करेन्ट लागेर मृत्यु
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













