कैलाली । कैलालीका बिभिन्न स्थानबाट प्रहरीले ३ लाख ६९ हजार मुल्यका भन्सार छलीका सामान बरामद गरेको छ । कैलालीको गोदावरी
३ चुट्किबजार र भजनी ५ कर्मदेब नजिकबाट सो सामान प्रहरीले बरामद गरेको हो ।
सो मुल्य बराबरका चिनी, सुटपिस, साडी, मोटरसाइकल थान-२ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी बरामद गरेको जनाएको छ ।















