धनगढी । रिङडागाउँ पाण्डेय समाजले गौरा पर्वको बिसर्जन गरेको छ ।
आज समाजले विभिन्न कार्यक्रम गरी गौरा पर्वको बिसर्जन गरेको हो ।
बिसर्जन कार्यक्रममा जेष्ठ सदस्य धर्मदेव पाण्डेयद्धारा ऋतमभरा नामक स्मारिकाको समेत बिमोचन गरिएको समाजले जनाएको छ ।
शैक्षिकसत्र २०८१।८२ को कक्षा १२मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी हरुलाई समाजका अध्यक्ष लोकराज पाण्डेयले नगद तथा प्रमाण पत्र वितरण गरेका थिए ।
साथै समाजको हितकारी कोषको पनि स्थापना गरिएको छ ।













