धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्व पौडेलबीच भेटवार्ता भएको छ । बुधबार मुख्यमन्त्री शाह र पौडेलबीच बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटको क्रममा सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनको बारेमा दुवैबीच छलफल भएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए ।
प्रदेश सरकारले आगामी मङ्सिर १ र २ गते सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन गर्ने तयारी गरिरहेको छ ।













