धनगढी । अछाममा जातीय छुवाछूत तथा भेदभाव मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको रामारोशन गाउँपालिका–२ बस्ने ३८ वर्षीय रामबहादुर रावल रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उच्च अदालत दिपायल डोटीको २५ माघ २०७८ को फैसलाले जातीय छुवाछूत तथा भेदभाव मुद्दामा ३ महिना कैद
सजाय र रु ५० हजार जरिवाना तोकिएका रावललाई बुधबार जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले अछामको मंगलसैन नगरपालिका–५ स्थित मंगलसैन बजारबाट पक्राउ गरेको जनाइएको छ ।















