धनगढी । कैलालीमा प्रहरीले पाँचजनालाई लागुऔषधसहित नियन्त्रणमा लिएको छ । शनिबार जिल्लाको धनगढी उमहानगरपालिका– ८ बुद्धचोकबाट बर्दगोरीया गाउँपालिका–२ बस्ने १९ को वर्षीय सुवास चौधरीसहित पाँचजनालाई नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उनीहरुलाई लागुऔषध सेवन गरिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।













