धनगढी । कैलाली हार्डवेयर संघको अध्यक्षमा पुनः कुबेर बहादुर शाही निर्वाचित भएका छन् । शनिबार धनगढीमा सम्पन्न भएको कैलाली हार्डवेयर संघको १३ औँ साधारणसभा तथा ५ औँ अधिवेशनबाट शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
संघको बरिष्ठ उपाध्यक्षमा राजेन्द्र चन्द, उपाध्यक्षहरूमा बलबहादुर खड्का र जयप्रकाश चौधरी निर्वाचित भएका छन् । त्यस्तै संघको महासचिवमा धर्मराज जोशी, सचिवमा गणेश जोशी, कोषाध्यक्षमा सर्वण चौधरी निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरूमा प्रन्जल गुप्ता, सुरेन्द्र प्रसाद जोशी, चक्र सोडारी, डम्बर प्रसाद जैसी, यज्ञराज जोशी, संकर साउद, जय कुवार र बीरेन्द्र बोकटी निर्वाचित भएको जनाइएको छ ।















