• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज २५, २०८३
☰
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ३. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ४. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ५. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ६. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ७. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • ८. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ९. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • १०. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

शारीरिक रूपमा अशक्त दानबहादुर आत्मनिर्भर बन्दै

  •   आइतबार, कार्तिक ३०, २०८२ मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको दोधारा९चाँदनी नगरपालिका८ का दानबहादुर सुनार शारीरिक रूपमा अशक्त छन् । दानबहादुर जन्मिने बेला अरू जस्तै सामान्य थिए। चार वर्षको उमेरमा उनी बिरामी भए । त्यसपछि बिस्तारै शरीर सुक्दै गएपछि अहिले पूर्ण रूपमा अशक्त छन् । उनलाई शरीरले साथ नदिए पनि मन र सीप असाध्यै सबल छ । हिँडडुलसमेत गर्न नसक्ने अवस्थामा रहनुभएका दानबहादुरले हार मानेनन् ।

उपचारका लागि परिवारले सकेको प्रयास गरेका बताउँदै दानबहादुरले अस्पताल धाउँदाधाउँदै पनि कमजोर आर्थिक अवस्थाका कारण समयमा रोग निदान हुन नसकेको उल्लेख गरे । अहिले उनले सरकारबाट सामाजिक सुरक्षा भत्ता पनि पाउँछन् । उनले हिम्मतका साथ आफूमा भएको क्षमतालाई सदुपयोग गर्दै निरन्तर कर्ममा लागेपछि अहिले परिवारका लागि आर्थिक सहारा बनेका छन् ।

“घरमा ल्याएको रेडियो बिग्रियो त्यो रेडियोबाट उसले मर्मत गर्न सिकेको हो”, दानबहादुरकी आमा उषा सुनारले भनिन्, “त्यसै रेडियोबाट सिकेर अहिले मोबाइलको डिस्प्ले फेर्ने, रेडियो, टर्च र बुफरहरू मर्मतको काम गर्छ ।” दानबहादुरले पछिल्लो समय अरूलाई हाउस वायरिङ गर्ने काम सिकाउन थालेको उनको भनाइ छ ।

सरकारबाट पाउने सामाजिक सुरक्षा भत्ता दानबहादुरको जीविकोपार्जन प्रमुख स्रोत हो । “भत्ता मात्रै जीवन चलाउन पर्याप्त नभएपछि उनलाई आफ्नो क्षमता देखाउने आत्मबल बढ्दै गयो । शरीरले गर्न नसक्ने काम धेरै थिए, तर हात–आँखाका बलमा गर्न सकिने साना सीपले उसलाई आर्थिक सहारा दिन सहयोग पुगेको हो”, आमाले भनिन् ।

“अरूको सहयोगमा रेडियो, मोबाइल टर्चलगायत सामग्री मर्मत म आफैँ गर्छु, हाउस वायरिङका लागि अरू साथीभाइलाई सिकाउने गरेको छु”, दानबहादुरले भने, “गाउँको व्यवसाय हो । कोही पैसा दिएर जान्छन् कोही त्यतिकै मर्मत गराउँछन् । तर, थोरै भए पनि आम्दानीको स्रोत बनेको छ ।” उनले परिवारको आर्थिक अभावका कारण आफ्नो सीपलाई व्यावसायिक बनाउन नसकेको बताए ।

“थोरै आम्दानी भए पनि परिवारलाई सहयोग पुगेको छ”, सुनारले भने, “अरूलाई पनि आत्मनिर्भर बन्नका लागि हाउस वायरिङ र मर्मत गर्न सिकाउने गरेको छु ।” पौरख गर्न पाखुरामा दम मात्रै होइन, हातखुट्टा सध्य चाहिन्छ उनले भने । पूर्ण रूपमा अशक्त दानबहादुर अहिले दोधाराका थुप्रै युवाको गुरु मात्रै होइन, प्रेरणाको स्रोत बनेका छन् । रासस

आइतबार, कार्तिक ३०, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै
कञ्चनपुरमा गोठमा आगलागी, एक लाख १० हजारको क्षति
देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा
टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता
बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

समाचार

सबै

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

कञ्चनपुरमा गोठमा आगलागी, एक लाख १० हजारको क्षति

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

कञ्चनपुरमा गोठमा आगलागी, एक लाख १० हजारको क्षति

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ३.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ४.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ५.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ६.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.