धनगढी । कैलालीमा प्रहरीले अवैध भन्सार छ्लीका सामान नियन्त्रणमा लिएको छ ।
आइतबार जिल्लाको धनगढी उपमहानगरपालिका-२ रामजानकी मन्दिर स्थित भित्री सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५८ हजार ६५० बराबरको स्विटर, सुटपिस, दोपट्टा, प्लाष्टिक झिल्ली लगायतका सामानहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त सामान वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।













