• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज २५, २०८३
☰
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ३. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ४. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ५. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ६. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ७. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • ८. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ९. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • १०. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

दैजी छेला औद्योगिक क्षेत्र : शिलान्यासको चार वर्ष बित्यो, रुख कटान अनुमतिको पर्खाइमा

  •   सोमबार, मङि्सर ०१, २०८२ मा प्रकाशित

महेन्द्रनगर । तीस वर्षअघि २०५२ सालमा प्रस्ताव भएको कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काम अझै सुरु हुन सकेको छैन । विक्रम संवत् २०७७ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको साढे चार वर्ष बितिसक्दा पनि सरकारी प्रक्रियागत ढिलाइका कारण अझै ‘फिल्ड’मा काम सुरु हुन सकेको छैन ।

दैजीछेला औद्योगिक क्षेत्र सम्पर्क कार्यालयका प्रमुख प्रदीप पराजुलीले औद्योगिक क्षेत्र स्थापनाका लागि रूख कटान अनुमतिको प्रक्रियामा रहेकाले ढिलाइ भइरहेको बताए । नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेट शाखा कार्यालय नेपाल औद्योगिक क्षेत्रले दैजी औद्योगिक क्षेत्रको काम हेर्छ ।

औद्योगिक क्षेत्र शिलान्यास भएको ठीक एक वर्षपछि दैजीमा औद्योगिक क्षेत्रको कार्यालय २०७९ फागुनमा स्थापना गरिएको हो । कार्यालय स्थापना भए पनि कार्यालय सहयोगीको भरमा औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय सञ्चालनमा छ ।

त्यसैगरी सरकारले चालु आर्थिक वर्षका लागि दैजी औद्योगिक क्षेत्रका लागि रूख कटान र जग्गा भोगाधिकार शुल्कलगायतका लागि एक करोड १२ लाख रकम विनियोजन गरेको छ । तर फिल्डमा कहिलेबाट काम सुरु हुने भन्ने विषयले किनारा पाउन सकेको छैन ।

“रूख कटान अनुमति पाएपछि जिल्लामा रहेको डिभिजन वन कार्यालयले नै कटानको विषय अघि बढाउने हो,” प्रमुख पराजुलीले भने, “२७ हजार रूख कटान छपानका अनुमति मागेका छौँ ।”

उनले १३६।५९ ‘हेक्टर’ अर्थात् २०२ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाको प्रस्ताव भएको बताए । “यसअघि ३४५ बिघामा प्रस्ताव भएको थियो तर गत असारमा क्षेत्रफल २०२ बिघामा झारियो,” पराजुलीले भने, “क्षेत्रफल घटेअनुसार उद्योगको सङ्ख्या पनि घटबढ हुनेछ ।”

त्यसैगरी औद्योगिक क्षेत्र व्यवस्थगापन लिमिडेटका सूचना अधिकारी वासुदेव सोडारीले दैजी छेला औद्योगिक क्षेत्रको रूख कटान र जग्गा भोगाधिकारको विषय मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी रहेको बताए ।

“वन मन्त्रालयले उक्त विषय मन्त्रिपरिषद् पठाउने निर्णय गरिसकेको छ,” सूचना अधिकारी सोडारीले भने, “तर वन सचिव नहुँदा मन्त्रिपरिषद् लगिएको छैन भन्ने जानकारी पाएका छौँ ।”

मन्त्रिपरिषद्बाट निर्णय भएपछि भोगाधिकार र रूख कटानको विषय अघि बढ्ने उनको भनाइ छ । लामो समयदेखि राजनीतिक दलहरुको चुनावी ‘एजेन्डा’ समेत बन्दै आएको दैजी औद्योगिक क्षेत्र स्थापनाका लागि चासो व्यक्त हुने गरेको भए पनि काम भने फिल्डमा सुरु हुन नसकेको स्थानीयको भनाइ छ ।

यहाँको बेदकोट नगरपालिका–२ र ३ को वन क्षेत्रमा २०७२ सालमा सरकारले चार किल्ला तोकेर औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घलगायत निजी क्षेत्र पनि दैजी छेला औद्योगिक क्षेत्र स्थापनाका लागि दशकौँदेखि दबाब दिँदै आएको छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले औद्योगिक क्षेत्र स्थापना भई यहाँको आर्थिक गतिविधि चलायमान हुने आशामा निजी क्षेत्र पनि रहेको बताए ।

“हरेक दलीय नेतृत्वसम्म निजी क्षेत्रले प्रस्तावित औद्योगिक क्षेत्र स्थापनामा पहल गरीदिन आग्रह गर्दै आएका छौँ,” मल्लले भने, “जनप्रतिनिधिहरु उक्त विषयमा चिन्तित भई लागिपरेको भए पनि औद्योगिक क्षेत्र स्थापनाको काम सरकारी प्रक्रियागत ढिलाइकै कारण अघि नबढेको हो ।”

आर्थिक नाकाका रुपमा कञ्चनपुरलाई विकास गर्न खोजिएको बताउँदै त्यसमा औद्योगिक क्षेत्र स्थापनाले रोजगारीको अवसरसमेत स्थानीयले पाउनुपर्नेमा उनले जोड दिए ।

त्यसैगरी यहाँको बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले लामो समयदेखि औद्योगिक क्षेत्र स्थापनाका लागि पालिका दबाब दिँदै आएको बताए ।

“औद्योगिक क्षेत्र स्थापना भएर २०र२५ वटै उद्योग स्थापना भए पनि यस क्षेत्रलाई राम्रो हुन्थ्यो,” उनले भने, “प्रक्रियागत गाँठो फुकाउन हामी पनि सरोकारवाला निकाय धाइरहेकै छौँ ।” रासस

सोमबार, मङि्सर ०१, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै
कञ्चनपुरमा गोठमा आगलागी, एक लाख १० हजारको क्षति
देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा
टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता
बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

समाचार

सबै

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

कञ्चनपुरमा गोठमा आगलागी, एक लाख १० हजारको क्षति

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

कञ्चनपुरमा गोठमा आगलागी, एक लाख १० हजारको क्षति

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ३.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ४.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ५.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ६.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.