धनगढी । बझाङमा रुख काट्ने क्रममा रुख लाग्दा एक जनाको मृत्यु भएको छ।
जिल्लाको खप्तडछान्ना गाउँपालिका–२ रनिगाउँ बस्ने ५० वर्षीय बने रावलको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
सोमबार घरदेखि अन्दाजी २.५ कि.मि. पश्चिम टाढा निम भन्ने स्थानमा सल्लाको रुख काट्ने क्रममा उक्त रुख लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।















