धनगढी । दार्चुलामा बेवारिसे अवस्थामा २ थान भरुवा बन्दुक फेला परेको छ।
जिल्लाको अपिहिमाल गाउँपालिका–१ खायाकोट स्थितजंगलमा बेवारिसे अवस्थामा २ थान एक नाले भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार सोमबार प्रहरी चौकी खण्डेश्वरी दार्चुलाबाट खटिएको प्रहरी टोलीले उक्त भरुवा बन्दुक फेला पारी नियन्त्रणमा लिएको हो।
सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













