धनगढी । बुधबार बिहान ठिक ६ बजेको समय थियो । एकजना बेवारिसे बालक धनगढीको जेनजी मार्ग नजिकै सडकपेटीमा कम्बल ओछ्यायर बसिरहेका थिए ।
ती बालकको कम्बलमा सडकपेटीमा हिडिरहेका मानिसले पैँसा दिन थालेका थिए । एक्कासी भीड भयो र उनको नाम र ठेगाना सोध्न थालियो । गोदावरीको ओलानीमा घर बताउने ती बालकले घरमा बुवा प्यालाईसिसको बिरामी र आमा अर्कैसँग विवाह गरेर गएको भन्दै आफू सडकपेटीमा बस्दै आएको बताए ।
अरुण दमाइ नाम बताउने उनी अहिलेको जाडोयाममा एकसरो लुगामा थरथर कापिरहेका थिए । त्यसै बीचमा एक जनाले धनगढी उपमहानगरको नगरप्रहरीलाई फोन ग¥यो ।
नगरप्रहरीलाई फोन गर्नासाथ त्यो स्थानमा उनी बस्न चाहेनन् । अन्दाजी १० वर्षीय ती बालक डराइरहेका थिए । एक्कासी उनी सो सडकपेटीबाट भाग्न थाले केहीले भाग्न नदिनका लागि हात समाती रहे उनी अत्तालिदै भन्न थाले ‘म नगर प्रहरीसँग जाँदैन डर लाग्छ ।’
उनले मान्दै नमाने पछी भीडले उनलाई जान दियो । अस्पताललाईनमा जान्छु भन्दै उनी सो स्थानबाट भागेर गएका छन् । केहीबेरमा नगर प्रहरी आएपनि उनलाई भेटाउन सकेन ।















