धनगढी । कैलालीमा एकैदिन विभिन्न मुद्दाका २१ जना फरार प्रतिवादी पक्राउ परेका छन ।
बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाईहरुबाट खटिगएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला अदालत कैलालीको फैसलाले ३ बर्ष ९ महिना ८ दिन कैद र रु.२१ लाख ३१ हजार ७८८ जरिवाना भुक्तान गर्न बाँकी रहेका २१ जना फरार प्रतिवादीहरुलाई जिल्लाका विभिन्न स्थानहरुमा लुकीछिपी बसेको अवस्थामा फेलापारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कैलालीमा बुझाइएको जनाइएको छ ।















