धनगढी । कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका-२ त्रिनगर व्यारेलबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४० हजार मूल्य बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त मूल्यका विभिन्न किसिमका मोवाइल कभर, प्लाष्टिक झिल्ली लगायतका सामान प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।















