धनगढी । कैलालीको धनगढीलगायतका क्षेत्रमा केही दिनदेखिको लगातारको बाक्लो हुस्सु तथा कुहिरोका कारण चिसो बढेको छ । पछिल्ला केही दिन यता बढेको चिसोका कारण यहाँको जनजीवन प्रभावित बन्दै गएको छ ।
केही दिनयता धनगढी तथा आसपासका क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेको छ । दिउँसोसमेत घाम नलाग्दा असाध्यै चिसो बढेको छ। बाक्लो हुस्सु र चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ ।
चिसोका कारण दैनिक ज्याला मजदुरी गर्ने श्रमिक सबैभन्दा बढी प्रभावित हुने गरेका छन् । चिसो बढेसँगै बालबालिका तथा ज्येष्ठ नागरिक पनि प्रभावित हुन थालेका छन् ।
तस्बिरहरु














