धनगढी । डोटीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मंगलबार जिल्लाको जोरायल गाउँपालिका–६ गावरका २८ वर्षीय खेम साउदको करेन्ट लागेर मृत्यु भएको हो । साउद सोही वडाका निर्वाचित वडासदस्य हुन् ।
आफ्नै कोठामा बिद्युतको तार सर्ट हुँदा छातीमा करेन्ट लागेर गम्भीर घाइते भएका साउदलाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याइएको थियो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार उपचारका क्रममा मंगलबार साँझ चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













