धनगढी । कञ्चनपुरमा भारतबाट चोरीपैठारी गरी ल्याएका ६ वटा बोका नियन्त्रणमा लिइएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–१६ मझगाँउस्थित सडक किनारामा अवैध रुपमा भारतबाट भन्सार छलेर चोरीपैठारी गरी ल्याएका अन्दाजी १ लाख ६५ हजार मूल्य बराबरको ६ वटा बोका प्रहरीले पक्राउ गरेको हो ।
उक्त बोकालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी भन्सार कार्यालय कञ्चनपुरमा बुझाइएको जनाएको छ।















