धनगढी । कैलालमा ९ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
कैलाली जिल्ला अदालत कैलालीको फैसलाले विभिन्न मुद्दामा कैद सजाय र जरिवाना तोकिएका ९ जना फरार प्रतिवादीहरुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले निजहरुको घर ठेगानाबाट पक्राउ गरि जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ल।













