धनगढी । कैलालीमा वहुविवाह मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको टीकापुर नगरपालिका–८ बस्ने ३३ वर्षीय लालबहादुर टमटा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
कैलाली जिल्ला अदालतको फैसलाले वहुविवाह मुद्दामा १ वर्ष कैद सजाय र १० हजार जरिवाना तोकिएका टमटालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आईतबार धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलबाट पक्राउ गरेको जनाइएको छ ।













