डोटी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्ष तथा समानुपातिक तर्फ १० जना उम्मेदवारको नाम सिफारिस भएको छ ।
नेपाली कम्युनिष्ट पार्टीबाट नौ जना प्रत्यक्षतर्फ र एक जना समानुपातिकतर्फ सिफारिस भएको अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश अध्यक्ष वीरबहादुर थापाले जानकारी दिए ।
उनले सङ्गठनप्रतिको निरन्तर योगदान, निष्ठा र क्षमताको कदर स्वरूप नवयुवा तथा युवावर्गबाट प्रतिनिधित्वका लागि सिफारिस गरिएको बताए ।
उनलका अनुसार सिफारिस हुनेहरूमा केन्द्रीय उपाध्यक्ष दिपा जैसी (कैलाली–४), सुदूरपश्चिम प्रदेश अध्यक्ष वीरबहादुर थापा (डोटी), केन्द्रीय सचिव वीरेन्द्र जीसी (कैलाली–३), निवर्तमान कैलाली अध्यक्ष शिवराज सञ्ज्याल (कैलाली–२)बाट सिफारिस भएका छन् ।
त्यस्तै, अछाम जिल्ला इन्चार्ज चन्द्र भण्डारी (अछाम–१), सुदूरपश्चिम प्रदेश सचिव मनोज पुन मगर (कैलाली–५)ं, केन्द्रीय सदस्य राजीव नेपाली (कञ्चनपुर–३), सुदूरपश्चिम प्रदेश विभागीय इन्चार्ज हेमराज अवस्थी (कञ्चनपुर–२), कैलाली जिल्ला अध्यक्ष तपेन्द्रबहादुर शाह (कैलाली–१) र कैलाली जिल्ला उपाध्यक्ष बमबहादुर विश्वकर्मा (कैलाली–४)बाट प्रत्यक्षतर्फ सिफारिस भएका छन् ।
त्यस्तै, समानुपातिकतर्फ दीपा जैसी सिफारिस भएको जनाइएको छ ।













