धनगढी । कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका–७ कम्पनी टोलबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३६ हजार ७५० मूल्य बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
उक्त मूल्य बराबरको चिनी, बिडी, सावुन, सरप, दाल लगायतका सामान वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।













