धनगढी । कैलालीमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
कार्यालयको आज निर्वाचन अधिकृत एवं कैलालीका जिल्ला न्यायाधीश भुवनसिंह थापा र कैलालीका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
राष्ट्रियसभाका सुदूरपश्चिम प्रदेशमा २ सिट खाली रहेका छन् । यहाँ माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा १ महिला र १ अन्य गरी २ सिटका लागि निर्वाचन हुने जनाइएको छ ।
प्रदेशभरी राष्ट्रियसभा निर्वाचनका लागि नगरप्रमुख/उपप्रमुख,अध्यक्ष/उपाध्यक्ष गरि १ सय ७५ र ५२ जना प्रदेशसभा सदस्य गरि २ सय २७ मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यही पुस १९ गते १० देखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन,पुस १९ र २० गते ११ बजेदेखि ४ बजेसम्म दावी विरोध उजुरी दिने,२१ र २२ गते निवेदन तथा उजुरी उपर छानविन र कारबाही गर्ने,पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन र २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यसूची रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।













