धनगढी । कञ्चनपुरमा एकजना फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्लाको बेलौरी नगरपालिका–४ शान्तीपुर बस्ने ४० वर्षीय हेमलाल चापागाई रहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत कञ्चनपुरको फैसलाले सवारी ज्यान मुद्दामा ३ वर्ष २ महिना ९ दिन कैद सजाय र ३२ हजार जरिवाना तोकिएका चापागाईलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।













