धनगढी । देश सञ्चार अनलाइनले धनगढीमा आठौं वार्षिकोत्सव मनाएको छ । आज धनगढीमा हालको पत्राकारिताको अवस्थाको विषयमा छलफल तथा अन्तक्रिया कार्यक्रम गरि वार्षिकोत्सव मनाइएको हो ।
कार्यक्रममा शुभकामना दिँदै नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष भरत शाहले देश सञ्चार अनलाइन विश्वसनीय समाचार प्रकाशन गर्दै आएको बताउँदै आगामी दिनमा पनि यसको निरन्तरता रहिरहने विश्वास व्यक्त गरे ।
उनले पछिल्लो समय मिडिया क्षेत्रले आर्थिक लगायतका समस्या झेल्दै आएको बताउँदै यस्तो अवस्थामा पनि विश्वसनीय समाचार सम्प्रेषमा जोड दिँदै आएको बताए । त्यस्तै, उनले देशका हरेक परिवर्तनमा पत्रकारहरुसँगसँगै रहँदै आएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव शिवराज भट्ट,नेपाल पत्रकार महासंघ कैलालीका सचिव तेजराज भट्ट,सहसचिव शंकर बोहरा,कोषाध्यक्ष सुनिल आउजी,प्रेस चौतारीका प्रदेश उपाध्यक्ष मीन ठकुरी,प्रेस सेन्टर कैलालीका अध्यक्ष सुरेन्द्र ताम्राकारलगायतका पत्रकारहरुले शुभकामना व्यक्त गरेका थिए ।
देश सञ्चार डटकमका सुदूरपश्चिम व्यूरो प्रमुख हिमाल जोशीले कार्यक्रमको सहजीकरण गरेका थिए ।















