धनगढी । कैलालीको गेटा अस्पतालमा दुरबीन पद्दतीबाट शल्यक्रिया सेवा सुरु भएको छ । अस्पतालका निर्देशक तथा ल्याप्रोष्कोपी सर्जन डाक्टर प्रमोद कुमार यादवले बुधबार पहिलो शल्यक्रिया गरिएको बताए ।
डाक्टर यादव नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले बुधबार डडेल्धुराको अमरगढी नगरपालिका–९ ढाँटगाउँ घर भइ कैलालीको गोदवरीमा बस्दै आएकी ४५ वर्षीया कमला दमाईको पित्तथैलीको शल्यक्रिया गरेको हो ।
दमाई लामो समयदेखि पित्तको थैलीको पथरीबाट पीडित थिइन । दमाई कैलालीको गोदवरीमा श्रीमान छोराछोरीसँग भाडामा बस्दै आएकी थिइन ।
ल्याप्रोष्कोपी सर्जन डाक्टर प्रमोद कुमार यादव, सर्जन डाक्टर विजय भट्ट, एनेस्थेसियोलोजिष्ट डाक्टर रोजी जोशी र नर्सद्वय रेबिका विष्ट र आरती भण्डारी सहितको स्वास्थ्यकर्मीको टोलीले कमलाको दूरबीन पद्दतीबाट शल्यक्रिया गरेको हो ।













