धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलबारीमा छाडा गाई–गोरु व्यवस्थापन सहयोगार्थ वृहत खुल्ला दौड प्रतियोगिता २०७९ हुने भएको छ ।
नमूना नेपाल अभियानको आयोजनामा भोली (शनिबार) हिन्दुहरुको महान चार्ड वडा–दशैँको उपलक्ष्यमा ‘अब फूलबारी दौडिन्छ’ भन्ने मूल नाराका साथ ‘प्रथम वृहत खुल्ला दौड प्रतियोेगिता’ हुने भएको हो ।
दौड प्रतियोगितामा प्रथम पुरस्कार दश हजार, द्धितीय पुरस्कार पाँच हजार र तृतीय पुरस्कार २५ सय रहेको नमूना नेपाल अभियानका अध्यक्ष यम लामिछाने मगरले बताए । उनका अनुसार खुल्ला दौड ८ किलोमिटरको हुने छ । दर्ता शुल्क १५० रुपैयाँ रहेको आयोजकले जनाएको छ ।














