धनगढी । कैलालीमा अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन ।
बझाङ केदारस्युँ गाउँपालिका घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका -१ एलएन चोकमा ३२ वर्षीया कुसला शाहीले सञ्चालन गरेको पदम सपिंङ कम्प्लेक्स भित्र रहेको समता क्याफेबाट २० ग्राम ६६० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित निजलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले निजले सञ्चालन गरेको पसलमा शंका लागि खानतलासी गर्दा काउन्टर भित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी निजलाई पक्राउ गरेको जनाएको छ ।
यसैगरी,धनगढी उपमहानगरपालिका-७ बेलीबाट अवैध लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने १८ वर्षीय र १७ वर्षीय किशोर पक्राउ परेको जनाएको छ ।
प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१४ प ३१६३ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको जनाएको छ।



















