कैलाली । धनगढी उपमहानगरपालिका वडा नं ६ जाली सिद्धि गणेश टोलमा बस्दै आएका १३ बर्षिया बालक रिदम कुँवर सम्पर्क विहिन भएका छन् ।
शनिबार बिहान ६ बजे एक किलोमिटर टाढा रहेको फारबेष्ट स्कुलमा टिउसन पढ्न जान्छु भनी हिनेका उनी सम्पर्क विहिन भएका हुन् । फारबेष्ट स्कुलमा ८ कक्षामा पढ्दै गरेका उनी जगत कुँवर र पुतली कुँवरका जेष्ठ सुपुत्र हुन् ।
धेरै ठाउमा खवर संगै खोजतलास गरी सक्यौ कहि पनि फेला परेन उनका वुवा जगत कुँवरले भने गहुगोरो वर्णको रिदमलाई कोेही कसैले फेला पारेको खण्डमा मोवाईल नंं ९७६२०१३४०९ मा सम्पर्क गरिदिन हुन अनुरोध गर्दछु ।













