धनगढी । कैलालीमा अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् ।
आइतबार जिल्लाको जानकी गाउँपालिका–४ मनुवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४१ वर्षीय रमेशकुमार रावत कठरिया, टीकापुर नगरपालिका–४ बस्ने २४ वर्षीया सोनु राजवंशी र जोशीपुर गाउँपालिका–१ बस्ने १८ बर्षिय किशोरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले रमेशकुमार रावत कठरियाको घर,कोठामा लागूऔषध सेवन गरिरहेको अवस्थामा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित तीनै जनालाई पक्राउ गरेको जनाएको छ ।
यसैगरी,धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध गाजाँ जस्तो देखिने पदार्थ ३ ग्राम २० मिलिग्राम सहित सोही उपमहानगरपालिका–३ बस्ने २४ वर्षीय महेश चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ सहित पक्राउ गरेको जनाएको छ ।



















