धनगढी । कैलालीमा लागू पदार्थ सेवन गरेर सवारी चलाउने ५ जना पक्राउ परेका छन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले आइतबार अत्तरियामा ३२ जना सवारी चालकको लापसे परीक्षण गरेकोमा ५ जनाले लागू पदार्थ सेवन गरेर गाडी चलाएको पाइएको जनाएको छ ।
लागू पदार्थ सेवन गरि गाडि चलाएको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरीका प्रमुखप्रहरी निरीक्षक रेशम आचार्यकक अनुसार पक्राउ पर्नेमा ना ५ ख ३०० नम्बर बसका चालक धनगढी उपमहानगरपालिका-७ पटेलाका रामकृष्ण चौधरी, सुपप्र ०१००१ ज ००३५ ईभी गाडी चालक बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का सुरेश बोहरा, सुपप्र ०१-००१ च ३६३१ नम्बरको बोलेरो जिप चालक धनगढीका पहिलाद राना, सुपप्र२००१ ख १२८७ नम्बरको बस चालक कञ्चनपुरका महेशबहादुर चन्द र सुपप्र ०२००१ ख ११७९ नम्बरको बस चालक बैतडीको दोगडाकेदारका धिरेन्द्र कार्की रहेका छन ।
ट्राफिक प्रहरीले उनीहरूलाई कानुनबमोजिम कारवाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा बुझाएको जनाएको छ ।













