धनगढी । बाजुरामा प्रहरीले एक नाल भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्लाको बडिमालिका नगरपालिका-१ पाटा सामुदायिक वन स्थित ओढारमा लुकाई छिपाई राखेको बेवारिसे अवस्थामा एक नाल भरुवा बन्दुक शनिबार दिउँसो प्रहरीले बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले ओढारमा लुकाई छिपाई बेवारिसे अवस्थामा राखिएको उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।













