धनगढी । कैलालीमा अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार जिल्लाको धनगढी उपमहानगरपालिका-८ राधास्वामीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम १३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ बस्ने ३२ वर्षीय सञ्जय यादव, ४२ वर्षीय शम्भु श्रेष्ठ,१६ वर्षिय किशोर र वडा नं ५ बस्ने २० को क्रिस बमलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले टोलीले शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजहरु चारै जनालाई पक्राउ गरेको जनाएको छ ।



















