धनगढी । कञ्चनपुरमा अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन ।
जिल्लाको भीमदत्त नगरपालिका-१९ बागफाँटाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १५० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय भुवन महरा, १९ वर्षीय उत्तम कठायत र २६ वर्षीय खगेन्द्रराज बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाको आधारमा प्रहरी चौकी बागफाँटाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजहरु तिनै जनालाई शनिबार साँझ पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



















