धनगढी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-९ सिसैया स्थित सुनबरा नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
शनिबार शुक्लाफाँटा नगरपालिका-९ सिसैया बस्ने १० वर्षीया सञ्जु बिष्टको पौडी खेल्ने क्रममा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
नदीमा डुबेर गम्भीर घाइते भएकी बिष्टलाई उपचारको लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।



















