कैलाली । कैलालीको कैलारी गाउँपालिका–४ स्थित हनुमान मन्दिर नजिकबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका विभिन्न सामान बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो उक्त स्थानमा बेवारिसे अवस्थामा राखिएका विभिन्न किसिमका भाँडावर्तनलगायतका सामान फेला पारी नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बरामद सामानको अनुमानित मूल्य करिब ६० हजार रुपैयाँ रहेको छ। भारतबाट भन्सार छली गरी ल्याइएको आशंकामा बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको प्रहरीले जनाएको छ।



















