धनगढी । कैलालीमा अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन ।
आइतबार जिल्लाका विभिन्न स्थानबाट प्रहरी उनीहरूलाई पक्राउ गरेको हो ।
घोडाघोडी नगरपालिका-१० लठैयास्थित भित्री सडक खण्डबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्ष्व्व्य जितेन्द्र चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, टीकापुर नगरपालिका-१ ब्लक नं. २९ मेन्थाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय नवीन भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३२० मिलिग्रामसहित बर्दियाको राजापुर नगरपालिका-७ भिमापुर बस्ने २१ वर्षीय अमन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।



















