धनगढी । कैलालीमा प्रहरीले अवैध भसार छ्लीका सामान नियन्त्रणमा लिएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका-२ फन पार्क र वडा नं ९ बङ्ग्राकटानबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु. १ लाख ८१ हजार ७३० बराबरको कपडा, सुर्ती र बिडी लगायतका सामानहरु सोमबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।



















