धनगढी । कैलालीबाट प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
सोमबार जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।
टीकापुर नगरपालिका-२ कोठारपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २९ वर्षीय सुभाष शाही र २६ वर्षिय तिलक बुढालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी,गोदावरी नगरपालिका-५ गेटा चेकपोष्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २०० मिलिग्राम सहित कन्चनपुरको कृष्णपुर नगरपालिका-८ बस्ने २३ वर्षीय जगदीश विष्टलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।



















