धनगढी । अछाममा प्रहरीले अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको साँफेबगर नगरपालिका–४ डाडाखालसैन सामुदायिक वनबाट एक नाल अवैध भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।
सोमबार ईलाका प्रहरी कार्यालय साँफेबगरबाट खटि गएको प्रहरी गस्ती टोलीले सामुदायिक वनको खोल्साको ओडारमा लुकाइछिपाइ राखेको अवस्थामा भरुवा बन्दुक फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।



















