• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, भदौ ११, २०८३
☰
बिहिबार, भदौ ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • २ दिन 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ७ दिन 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • ३ हप्ता 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • ४ हप्ता 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ महिना 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ महिना 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ महिना 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ महिना 

बेलौरीमा चार विद्यालय समायोजन
  • १ महिना 

लोकप्रिय समाचार

  • १. शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी

  • २. बालिका बलात्कार घटना : फेरिन नसकेको सामाजिक मनोविज्ञान

  • ३. गोदावरीमा स्थायी राजधानी कार्यान्वयनका लागि प्रदेश सरकारलाई एमालेको ध्यानाकर्षण

  • ४. बाढीबाट भएको जनधनको क्षतिप्रति मुख्यमन्त्री भट्टद्वारा दुःख व्यक्त

  • ५. सेती प्रादेशिक अस्पताल सुधारको कार्ययोजना मुख्यमन्त्रीसमक्ष पेस

  • ६. संकटमा पनि नहारेका शमशेर: हिमशिखर सहकारीको सहयोगमा पुनः जम्दै व्यापारमा

  • ७. होटल व्यवसायबाट मासिक दुई लाख कमाउँदै विवेक,छ जनालाई रोजगारी

  • ८. विद्युतमा लगाइएको भ्याट हटाउन माग गर्दै उज्यालो नेपालको हस्ताक्षर संकलन

  • ९. सुदूरपश्चिमका ६ हजार मिटरभन्दा अग्ला हिमालको ‘पिक प्रोफाइल’ बनाउन पर्वतारोहण संघको माग

  • १०. दार्चुलाका स्थानीय तहका प्रमुखसँग आगामी बजेट र विकास निर्माणबारे मुख्यमन्त्री भट्टको छलफल

बालिका बलात्कार घटना : फेरिन नसकेको सामाजिक मनोविज्ञान

  •   मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित

बारा जिल्लामा तीन वर्षीया बालिकाको बलत्कारपछि विभत्स हत्या ! यो साच्चै एक कानुनी राज्य, अझ भनौँ भने एक्काइसौं शताब्दीको सिङ्गो मानव सभ्यताको लागि एक चुनौतिपूर्ण र लज्जास्पद घटना हो । यो घटना म बसेको समाजमा घटिरहेको छ, त्यसकारण म पनि लज्जित छु र आत्मग्लानी साथ भन्छु, हाम्रो शिक्षा प्रणाली असफल र असक्षम सावित भएको महसुस भइरहेको छ ।

यो घटना नौलो र पहिलो पनि होइन । कहिले सतीका नाममा त कहिले देउकी र झुमाका नाममा पितृसत्तात्मक शासन व्यवस्था र त्यसका शासकरूले आफूअनुकुल समाजको व्याख्या गरेर महिलामाथि आफ्नो दानवत्व प्रदर्शन गरिनै रहेका छन् । यहाँ पुरुषमात्र होइन महिलाहरू स्वयम् पनि पितृसत्ताको कवजमा चलायमान छन् ।

समय अगाडि बढिरहेको छ । विज्ञान र प्रविधिको चरम विकाससँगै शिक्षाले फड्को मारेको छ । सबैका हातमा स्मार्ट फोनहरू छन् । आज संसारको एक कुनामा बसेर अर्को कुनामा के हुँदैछ थाहा पाउन एक मिनेट पनि लाग्दैन । तर हाम्रो समाजमा केवल रुपान्तरित पितृसत्ताको शासन चलिरहेको छ । हिजो सती, झुमा, देउकी आदिको नाममा महिलामाथि दमन, शोषण र हिंसा हुन्थ्यो भने आज दाइजो, प्रेम आदिका नाममा जिउँदै जलाइन्छ ।

आज बडो संवेदनशील घडीमा अत्यन्त दुख र ग्लानीका साथ बारामा भएको तीन वर्षीया बालिकाको बलत्कारपछि विभत्स हत्या र त्यसपछिको बहुआयामिक असरको विषयमा मेरो नितान्त व्यक्तिगत विचार राखिरहेको छु । मेरा विचारहरूले कहीँ कतै कसैलाई नकारात्मक असर पर्‍यो भने माफी चाहन्छु र कसैलाई दुखाउने मेरो मनसाय होइन भन्न चाहन्छु ।

अब कुरा गरौँ नाबालिकाको बलत्कारपछि विभत्स हत्या र त्यसले समाजमा ल्याएको बहुआयामिक प्रभावको ।
१) यो घटनापछि एकथरी मान्छे राज्यलाई कानुन परिमार्जन गरी यस घटनामा संलग्न व्यक्तिलाई मृत्युदण्डको सजाय माग गर्दै सडकमा र सामाजिक संजालमा दवाव दिँदै छन् । जसको कारण फेरि यस्ता घटना दोहोरिने छैनन् र बालिकालाई न्याय हुन्छ भन्ने तर्क रहेको छ । जुन संवैधानिक र अन्तर्राष्ट्रिय सन्धी, सम्झौताको आधारमा गर्न नसकिने अवस्था देखिन्छ ।

अझ कतिपय स्थानमा त १० वर्ष पनि नपुगेका बालबालिकालाई हातमा प्लेकार्ड बोकाएर विरोध र्‍यालीमा अगाडि–पछाडि लगाएको देखिन्छ । के यो कार्य कानुन सम्मत छ ? अर्थात् यस्तो कार्यले बालमनोविज्ञानमा पर्ने असरको आँकलन गरिएको छ ?

२) अर्कोथरी मान्छेहरू, जसका छोरी छैनन्, धन्न भगवान हाम्रा छोरी छैनन् भन्दै आफूलाई भाग्यमानी र आफ्ना छोराहरूलाई सुरक्षित ठानिरहेको कुरा सामाजिक संजालमा अभिव्यक्त गरिरहेका छन् । तुलनात्मकरुपमा जोखिम कम होला तर के साच्चै हरेक छोराहरू सुरक्षित छन् त ? छोराहरूलाई यौन दुव्र्यवहार र हत्या हुँदैन या भएको छैन त ?

३) अर्कोथरी जो छोरीका अभिभावकहरू हुन्, आफ्ना साना नाबालक छोरीलाई काखमा राखेर भावुक हुँदै छोरी यो दुनियाँ तिम्रो लागि कठिन छ, तिमी बलियो हुनुपर्छ, बचेर हिँड्नु पर्छ । अपरिचितले दिएको खानु हुँदैनजस्ता कुरा सिकाउँदै गरेको भिडियोहरू पोस्ट गरिरहेका छन् । के घटना अपरिचित व्यक्तिहरूबाट मात्र घट्छन् त ? बाबु, काका, मामा, दाजु, साथी ….को हुन् अपरिचित ? कसले दिएको खाने ? कसले दिएको नखाने त्यो नाबालकलाई यति ठूलो दुविधामा पारेर के गर्दैछौँ हामी ? अझ विभिन्न अध्ययनहरूको प्रतिवेदन हेर्ने हो भने त अपरिचितभन्दा परिचित, टाढाभन्दा नजिक र पराइभन्दा आफन्तबाटै यस्ता घटना घटेको देखिन्छ ।

उमेरअनुसार विद्यालय र परिवारले यस्तो शिक्षा दिनु पर्छ, यो कुरामा दुईमत छैन । तर सिकाउने समय, बालकको उमेर, अझ सामाजिक सञ्जालमा पोष्ट गर्दा यसले बालबालिकामा पार्ने मनोवैज्ञानिक असरप्रति अलिक सम्वेदनशील हुने की ?

४) अर्कोथरी पीडित बालिकालगायत विगतमा बलात्कार र हत्या भएका बालिकाका तस्विरहरु सामाजिक सञ्जालमा राखेर कन्टेन्टमार्फत् विरोध र सरकारलाई दवाव दिँदै र परिवारलाई सहानुभूति दिँदै गरेको देखिन्छ । यस्ता कन्टेन्टहरुले घटनालाई अलिकति बिर्सिन र आफ्नो जीवन अगाडि बढाउन हिम्मत गरेका परिवार र आफन्तलाई पुनः आघात हुने कुराप्रति हामी कत्तिको संवेदनशील छौँ ?

५) अर्कोथरी अभियन्ताहरू, जसले आफ्ना पाँच/छ वर्षमुनिका छोराछोरीलाई उभ्याएर उनीहरूका शरीरका ‘प्राइभेट पार्ट’ चिनाउने र नाइ (No) भन्न सिकाउने अभ्यास गराउँदै सामाजिक सञ्जालमा पोस्ट गरिरहेको देखिन्छ । यसरी बालबालिकाहरूलाई उनीहरूको संवेदनशील अंगहरू चिनाउनु, ‘गुड टच’ र ‘ब्याड टच’ सिकाउनु अत्यन्त आवश्यक छ । अझ यस्ता कुराहरू बालबालिकाले परिवारमात्र होइन कक्षाकोठामा पनि सिक्नु पर्दछ । यो विषय विद्यालय शिक्षाको पाठ्यक्रममै समावेश हुनु पर्दछ । तर कुनै घटना घट्नासाथ अचानक सबैले आफ्नो बच्चालाई अभ्यास गराउँदै गरेको भिडियो सार्वजनिक गर्नु कत्तिको सुरक्षित र संवेदनशील छ भन्ने प्रश्न हो ।

६) अर्कोथरी मानिस जसले गरिमा हत्या प्रकरणमा दोषी शंका गरिएका व्यक्तिलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धानका क्रममा गरिएको कुराकानी रेकर्ड गरी सामाजिक सञ्जालमा भाइरल बनाउँदै गरेको देखिन्छ । यो विषयमा एकपक्ष उक्त दोषी १८ वर्षमुनिको हुनाले बाल न्याय र बाल इजलासअन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढ्नु पर्ने कानुनी प्रावधान देखिन्छ भने अर्को पक्ष अनुसन्धान हुँदै गरेको गम्भीर विषय यति हल्का र सार्वजनिक गर्नु के कानुनसम्मत छ ? उक्त भिडियोमा दोषी करार बालकले जुन किसिमले बडो आत्मविश्वासका साथ अपराध स्विकार गर्दैछ, त्यो हिम्मत कसले दियो ? त्यो हिम्मत र त्यो भिडियोले समाजमा अन्य बालबालिकामा कस्तो मनोवैज्ञानिक असर पर्ला ? दोषीको परिवार उसले यो कुरा कसरी सामना गर्ला ? भन्ने विषय पनि महत्वपूर्ण हुन सक्छ ।

७) अर्कोथरी यी सबै घटना परिघटनालाई मोबाइलमा स्क्रोल गर्दै निराश, उदास, अनि मौन छन् । के शिक्षित वर्गको यो मौनताले शिक्षालाई मर्यादित बनाउन र मानव जीवनलाई खुशी दिन सक्ला त ?

८) अर्कोथरी माननीय गृहमन्त्री र पीडित परिवारको छलफल र सहमतिको दस्तावेज सेयर गर्दै आहा ! यस्तो पो हो सुशासन भन्दै गुणगान गाउने र अर्कोथरी यस्तो पनि सहमति हुन्छ भनेर विरोध गर्ने । एउटा नाबालक सन्तानको बलात्कार र विभत्स हत्या भएको छ । सारा देश शोकमा डुबेको छ । दुनिया काँपेको छ । यस्तो अवस्थामा स्वयम् पीडितका बुवाले हामी खुशी छौँ भन्ने अवस्था कसरी सिर्जना भयो ? बालिकाको सालिक बनाउने कुरा कहाँबाट आयो ? त्यो सालिकले कसरी न्याय दिन्छ र त्योभन्दा पनि ठूलो कुरा बावुले खुशी छौँ भनेको भिडियो खिचेर भाइरल गराउनु कत्तिको न्यायोचित र संवेदनशील कार्य हो ? यसले आमजनमानसमा के सन्देश दिन्छ होला ?

यी सबै घटाना र परिघटनाहरूले यो पंक्तिकारलाई सोँच्न बाध्य बनाइरहेका छन् । के हरेक घटनामा फोटो, भिडियो पोस्ट गरेरमात्र दुःख व्यक्त गर्न या विरोध या सहमति जनाउन सकिन्छ ? के हरेक बालबालिकालाई यस्ता संवेदनशील विषयमा संलग्न गराउन आवश्यक र सुरक्षित छ ? हाम्रो समाज कता जाँदैछ ? हाम्रो शिक्षा प्रणालीले कस्ता नागरिक उत्पादन गरिरहेको छ ? हामीले प्रविधिको प्रयोग साच्चिकै सही तरिकाले गरिरहेका छौँ ? हाम्रो सामाजिक सञ्जाल मोह र अभ्यासले हाम्रा आफ्ना छोराछोरीको बालापन खोसिरहेको त छैन ? सामाजिक सञ्जाल बाहिर पनि दुनिया छ, जहाँ हामीले मिलेर धेरै गर्न सकिन्छ । सचेत र संवेदनशील बनौँ । कानुनी व्यवस्थाको सुनिश्चितता होस् । पीडितले न्याय पाओस् र आमनागरिकले सुरक्षित जीवनयापन गर्ने वातावरण होस् । मानवता जीवित राखौँ ।

मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
रसुवा बाढीपीडितका लागि किसान सहकारीको ७ लाख ५१ हजार सहयोग
तेस्रो तह कायमको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि वनरक्षक कर्मचारीको धर्ना
रसुवाको बाढीपछि कैलालीका ३० भन्दा बढी कामदार सम्पर्कविहीन
रसुवा बाढी : मृत्यु हुनेको संख्या १ सय ५७ पुग्यो
रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै
आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

समाचार

सबै

रसुवा बाढीपीडितका लागि किसान सहकारीको ७ लाख ५१ हजार सहयोग

चारदिने गौरा प्रशिक्षण सम्पन्न

धनगढीको नवजीवन अस्पतालले गर्यो रसुवा बाढीपीडितका लागि २ लाख २२ हजार सहयोग

विनाशकारी बाढी : मृतकको सङ्ख्या १७७ पुग्यो

रसुवा बाढीपीडितका लागि किसान सहकारीको ७ लाख ५१ हजार सहयोग

चारदिने गौरा प्रशिक्षण सम्पन्न

धनगढीको नवजीवन अस्पतालले गर्यो रसुवा बाढीपीडितका लागि २ लाख २२ हजार सहयोग

विनाशकारी बाढी : मृतकको सङ्ख्या १७७ पुग्यो

विशेष

सबै
शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • २ दिन 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ७ दिन 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • ३ हप्ता 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • ४ हप्ता 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ महिना 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ महिना 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ महिना 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ महिना 

बेलौरीमा चार विद्यालय समायोजन
  • १ महिना 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ महिना 

  • १.
    शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा

  • २.
    बालिका बलात्कार घटना : फेरिन नसकेको सामाजिक

  • ३.
    गोदावरीमा स्थायी राजधानी कार्यान्वयनका लागि प्रदेश सरकारलाई

  • ४.
    बाढीबाट भएको जनधनको क्षतिप्रति मुख्यमन्त्री भट्टद्वारा दुःख

  • ५.
    सेती प्रादेशिक अस्पताल सुधारको कार्ययोजना मुख्यमन्त्रीसमक्ष पेस

  • ६.
    संकटमा पनि नहारेका शमशेर: हिमशिखर सहकारीको सहयोगमा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.