काठमाडौं- श्रीलंकाका क्रिकेटर दानुष्का गुणातिलके बलात्कारको आरोपमा अष्ट्रेलियामा पक्राउ परेका छन्। भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार श्रीलंकाको टोली घर फर्किसकेको छ। तर, दानुष्कालाई भने बलात्कारको आरोपमा पक्राउ गरिएको छ।
क्रिकेट समीक्षक रेक्स क्लेमेन्टाइनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनलाई शनिबार पक्राउ गरिएको उल्लेख गरेका छन्। गुणातिलके तीन साता पहिला घाइते भएका थिए। जसको कारण उनको स्थानमा एशेल बन्डारालाई बोलाइएको थियो। यद्यपि उनलाई घर भने फर्काइएको थिएन।













