काठमाडौं- आईसीसी क्रिकेट लीग टु अन्तर्गत नामिबिया टुरको दोस्रो खेलमा पनि नेपालले पहिले ब्याटिङको निम्तो पाएको छ ।
विन्डहोकमा हुने खेलमा स्कटल्यान्डले टस जितेर नेपाललाई पहिले ब्याटिङका लागि बोलाएको हो । वर्षाले प्रभावित भएको पहिलो खेलमा पनि नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो ।
यस शृंखलामा नेपाल, स्कटल्यान्ड र नामिबियाबीच दुई-दुई खेल हुनेछ ।
आजको खेल जितेमा स्कटल्यान्ड अंक तालिकाको शीर्ष स्थानमा पुग्छ भने एक दिवसीय मान्यता जोगाइराख्नका लागि नेपाललाई पनि जित्नैपर्ने दबाब छ ।













