• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ११ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

वर्षाले कृषकलाई राहत

  •   मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित

कञ्चनपुर- वर्षा भएपछि सुदूरपश्चिममा कृषकहरू खुसी भएका छन् । आइतबार रातिदेखिको वर्षाले किसानलाई राहत पुगेको छ । ‘अहिलेको वर्षाले नोक्सान पुर्‍याउँदैन, बालीनालीलाई पोसिलो बनाउन सहयोग पुग्छ,’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि अधिकृत हरिदत्त जोशीले भने, ‘यो वर्षा एकरडेढ महिनाअघि नै हुनुपर्थ्यो, ढिलो भए पनि केही राहत भएको छ ।’

कञ्चनपुरमा करिब ३५ हजार हेक्टरमा गहुँ खेती गरिन्छ । यहाँ गहुँको उत्पादकत्व ४ मेट्रिक टन प्रतिहेक्टर छ । पाक्न लागेको गहुँ वर्षाले ढलाएमा नोक्सान हुने भए पनि हावा हुरी नचलेका कारण क्षति नभएको प्राविधिकहरू बताउँछन् । तराईमा अहिले तोरी र मसुरो भित्र्याउने बेला हो । ९० प्रतिशत तोरी भित्र्याइसकेको ज्ञान केन्द्रको भनाइ छ ।

केही भित्र्याउन बाँकी रहेको तोरीलाई केही असर गर्न सक्ने ज्ञान केन्द्रका कृषि अधिकृत जोशीले बताए । वसन्ते तरकारी र मकैलाई पनि अहिलेको वर्षाले फाइदा पुग्ने कृषि प्राविधिकहरू बताउँछन् । सिँचाइका लागि पानीको आवश्यकता थियो । यहाँ बगर खेतीमा पनि वसन्ते तरकारीको उत्पादन हुने गर्छ ।

बगर खेतीमा हुने तरकारी उत्पादन काठमाडौंसम्म पुग्छ । उक्त उत्पादन बजारमा आउन थालेको छ । जिल्लाका खोलानालाका किनारमा बगर खेती भइरहेको छ । कृषि ज्ञान केन्द्रका अनुसार ५० हेक्टरमा बगर खेती भइरहेको छ । यहाँ काँक्रा, फर्सी, लौका, करेला र तरभुजालगायतको उत्पादन भएको छ । ‘बगरमा पनि सिँचाइको आवश्यकता थियो, अहिले वर्षाले सहज भयो,’ जोशीले भने, ‘वसन्ते तरकारी उत्पादनमा पनि यसले फाइदा नै पुग्छ ।’

जिल्लाको दक्षिणी क्षेत्र बेलौरी र पुनर्बास नगरपालिकामा ठूलो मात्रामा वसन्ते मकैको खेती गरिन्छ । यसमा समेत फाइदा पुग्ने उनले बताए । आँप, लिचिलगायतका फलफूललाई समेत अहिलेको वर्षाले फाइदा पुग्ने जोशी बताउँछन् । हावाहुरी नचलेकाले नोक्सान नभएको उनको भनाइ छ । उनका अनुसार राम्ररी फुलेको आँप र लिचीमा किसानले काँटछाँट गरेर ६० प्रतिशत मात्रै राख्नुपर्ने हुन्छ ।

वर्षाले अनावश्यक फूल झरेर किसानको काम सहज गरेको उनले बताए । यो वर्ष आँप र लिची राम्रोसँग फुलेको छ । उत्पादन गत वर्षको तुलनामा राम्रो हुने अपेक्षा छ । जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित फिल्ड कार्यालयका अनुसार कैलाली र कञ्चनपुरमा सोमबार २९।७ मिलिमिटर वर्षा भएको छ ।

  • वर्षा
मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ११ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.