• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

धनगढीका धनराज बिहान क्याम्पस, दिउँसो अटोरिक्सा

  •   आइतबार, असोज १४, २०८० मा प्रकाशित

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिका-५ का युवा धनराज जोशी बिहानको समयमा क्याम्पसको अध्ययन सकाएर दिउँसो विद्युतीय (अटो) रिक्सा चलाउँछन् । तीन वर्षदेखि रिक्सा चलाइरहेका उनले दिउँसोको समयमा घरमा त्यसै बस्नुभन्दा अटो चलाएर कमाइ गर्दा सन्तुष्टि मिलेको बताए ।

‘पढ्नका लागि बिहान कलेज गएर दिउँसो रिक्सा चलाएर कमाइ पनि गर्नैपर्‍यो’, कैलाली बहुमुखी क्याम्पस धनगढीमा स्नातक तहमा अध्ययनरत जोशीले भने, ‘रिक्सा चलाएर भएको आम्दानीले आफ्नो पढाइखर्चका साथै घरपरिवारलाई चाहिने खर्च जुटाउन सहज भएको छ ।’

महिला रिक्सा चालक गौरी चौधरी अटो चलाएर भइरहेको आम्दानीले पैसाका लागि पहिलेको जस्तो कसैसँग हात थाप्नु नपरेको बताउँछिन् । महिलाले पुरुष सरहको काम गर्न सक्दैनन् भन्ने भनाइलाई चुनौती दिँदै कतिपय महिलाले पछिल्ला वर्षमा विद्युतीय रिक्सा चाएर कमाइ गर्न थालेका छन् ।

‘रिक्सा चलाउन थालेपछि कसैसँग पैसाका लागि हात थाप्नु पर्दैन, दैनिक हुने कमाइले सन्तुष्टि नै छ’, उनले भनिन्, ‘घरको चुलोचौकामै सीमित हुनुभन्दा आम्दानी गर्न सिक्नु नै ठूलो उपलब्धि मानेर आफू यो काम गर्न थालेकी हुँ ।’

धनगढी लगायतका सहरी क्षेत्रमा अटो रिक्साको व्यवसायप्रति आकर्षण बढ्दा यो व्यवसायले धेरै बेरोजगार पुरुष महिलालाई स्वरोजगारको अवसर दिएको छ ।

अटो रिक्सा चालक धनराजले भने, ‘लगनशील भएर कुनै पनि व्यवसाय गर्न सकिएमा आफ्नै देशमा कमाइ गर्ने अवसर धेरै छन्, विदेश गइरहनु पर्दैन ।’ अटो रिक्सा चालकहरुको दैनिक कमाइ कम्तीमा रु एक हजारदेखि दुई हजारसम्म हुने गरेको छ ।

बजार क्षेत्रका सडकमा आवश्यकताभन्दा बढी अटो रिक्सा चल्दा भने योभन्दा बढी कमाइ हुन नसकिरहेको उनीहरुको भनाइ छ । सहर बजारमा आउने यात्रुको आवागमनका लागि विद्युतीय रिक्सा सहज सवारी साधनको रुपमा देखिएको छ ।

सवारी अनुमतिपत्र पाउन सकस

अटो रिक्सा चलाउने सीप एवं दक्षता हुँदाहुँदै पनि सवारी चालक अनुमतिपत्र पाउन नसकेर समस्या झेल्नुपरेको अर्का चालक लालबहादुर कामी गुनासो गर्छन् । लिखित परीक्षामा बारम्बार नाम निकाल्न नसकेर उनले अनुमति पत्र नपाएका हुन् ।

‘रिक्सा चलाउन सुरु गरेको आठ वर्षमा सवारी चालक अनुमतिपत्रका लागि चार पटक लिखित परीक्षा दिएर पनि उत्तीर्ण हुनसकेको छैन’, उनले भने, ‘लिखित परीक्षामा जटिल प्रश्न आउँदा आफू सहितका समान्य लेखपढ गर्न जानेका मजदुर सधैँ फेल हुने गरेका छन् ।’

चलाउन सक्ने सीप र दक्षता हुनेलाई लिखित परीक्षा नलिइ अनुमतिपत्रको व्यवस्था गरिदिनु पर्ने उनीहरुको माग छ । यातायात व्यवस्था ऐनमा सामान्य लेखपढ गरेको व्यक्ति सवारी चालक अनुमतिपत्रका लागि योग्य हुने व्यवस्था छ ।

सुरुका वर्षमा धनगढी उपमहानगरपालिकाले दर्ता गरेर विद्युतीय रिक्सा सञ्चालन गर्ने अनुमति दिने व्यवस्था रहेकामा पछिल्ला वर्षमा यो कामको जिम्मा यातायात व्यवस्था कार्यालयलाई दिइएको छ ।

सवारी अनुमतिपत्रबिना अटो चलाउने कतिपय मजदुर बारम्बार ट्राफिक प्रहरीको जरिवानामा पर्ने गरेका छन् । कतिपय चालकसँग सामान्य लेखपढसम्मको योग्यता पनि छैन । अनुमतिपत्र नभए पनि जीवन निर्वाहकै लागि आफूहरुले ट्राफिक प्रहरीको आँखा छलेर अटोरिक्सा चलाउनुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ ।

यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख नरेन्द्र शाहले सवारी चालक अनुमति पत्रका लागि कानुन बमोजिम ट्र्याक्टर र पावरटिलर बाहेक अरु साधनका लागि लिखित परीक्षा सहभागी भएर उत्तीर्ण हुनैपर्ने बताए । जिल्ला ट्रफिक प्रहरी कार्यालय कैलालीका प्रमुख दीपक मल्लले चालक अनुमतिपत्र नभएका मजदुरमाथि ट्राफिक नियमानुसार जरिवाना गर्ने गरिएको बताए ।

उनले भने, ‘नेपालमा विद्युतीय अटो रिक्सा भित्रिएको सुरुको अवस्थामा चालक अनुमतिपत्र लिनुपर्ने प्रावधान नहुँदा जसले चलाए पनि हुने गर्थ्यो , पछि ऐनमा अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरिँदा धेरैले अनुमतिपत्र लिए पनि कतिपयले अझैँ बनाउन सकेको देखिँदैन ।’ धनगढी उपमहानगर क्षेत्रमा झण्डै ७ हजार अटो रिक्सा सञ्चालनमा छन् । रासस

 

  • धनगढीका धनराज
आइतबार, असोज १४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन
कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने
दुर्गा प्रसाईं पक्राउ
राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा
सुनको मूल्य घट्यो

समाचार

सबै

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.