• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

  •   सोमबार, असोज १२, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरीको तेघरीमा बनाउने निर्णय भएको आठ वर्ष पूरा भएको छ । तर, राजधानी घोषणा भएको ठाउँमा अहिलेसम्म एउटा पनि स्थायी सरकारी संरचना निर्माण भएको छैन । प्रदेशसभा दुईतिहाइ बहुमतबाट गरिएको निर्णय कार्यान्वयन हुन नसक्दा प्रदेशको स्थायी राजधानी अझै कागजमै सीमित छ ।

विसं २०७५ असोज १२ गते प्रदेशसभाको ४६औँ बैठकले कैलालीको गोदावरी नगरपालिका-२ र ४ तेघरी क्षेत्रमा राजधानी बनाउने निर्णय गरेको थियो । चुरेफेददेखि तेघरीको भावर क्षेत्रसम्मको करिब ३० लाख २३७ वर्गमिटर वन क्षेत्र प्रयोग गर्ने निर्णयसँगै प्रदेश सरकारले राजधानी निर्माणका लागि बजेटसमेत छुट्यायो । तर, आठ वर्षको अवधिमा सरकार फेरिए, मन्त्री फेरिए, योजना फेरिएस राजधानी निर्माणको अवस्था भने जस्ताको तस्तै रह्यो ।

राजधानी घोषणा भएको पहिलो वर्ष आर्थिक वर्ष २०७५/०७६ मा एक अर्ब रुपैयाँ विनियोजन गरियो । त्यसपछि घेरापर्खाल, तटबन्ध, संरक्षण र सम्भाव्यता अध्ययनका लागि पाँच करोड रुपैयाँ छुट्याइयो । आर्थिक वर्ष २०७७/०७८ मा २० करोड ७४ लाख विनियोजन हुँदा सम्भाव्यता अध्ययनमा आठ करोड खर्च भयो। त्यसपछिको दुई करोड ७२ लाख ८० हजारसमेत कार्यान्वयन हुन सकेन । राजधानी पूर्वाधार विकास गठन आदेश पनि कागजमै सीमित भयो ।

प्रदेश सरकारले संघीय सरकारसँग पटक–पटक जग्गाको भोगाधिकार माग्दै पत्राचार गरे पनि निर्णय हुन सकेको छैन । करिब ४४४ बिघा जग्गाको भोगाधिकार माग गरिएको थियो । आवश्यक कागजात, चारकिल्ला विवरण र नापी–मालपोतसम्बन्धी कागजातसमेत पठाइएको दाबी प्रदेश सरकारका तत्कालीन अधिकारीहरूले गरेका छन्। तर, संघीय तहबाट फाइल अघि नबढ्दा राजधानीको प्रक्रिया रोकिएको उनीहरूको भनाइ छ ।

राजधानीको निर्णय कार्यान्वयन गर्न नसकेपछि प्रदेश सरकारले धनगढीमै स्थायी राजधानी राख्ने विकल्पमा समेत छलफल गरेको छ । तर, त्यसले पनि निर्णयको रूप लिन सकेको छैन । अर्थात् आठ वर्षमा प्रदेशले न तेघरीमा राजधानी बनाउन सक्यो, न विकल्प टुंग्याउन सक्यो ।

यसबीच अस्थायी राजधानी धनगढीका सरकारी कार्यालय मर्मतमा भने करोडौँ रुपैयाँ खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/०७६ देखि २०८०/०८१ सम्म अस्थायी संरचना मर्मतमा २७ करोड ५३ लाख ५१ हजार रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा थप ४ करोड ९९ लाख ३५ हजार र २०८२/०८३ मा १२ करोड ८० लाख रुपैयाँ मर्मतका लागि विनियोजन गरिएको छ ।

राजधानी घोषणाका बेला गोदावरी–अत्तरियामा जग्गाको कारोबार र मूल्यसमेत बढेको थियो । स्थानीयका अनुसार राजधानी बन्ने आशामा प्रतिकठ्ठा करिब ३० लाख रुपैयाँ पर्ने जग्गा ६० लाखसम्म पुगेको थियो । अहिले भने राजधानी बन्ने-नबन्ने अन्योलले कारोबार र मूल्य दुवै स्थिर छन् ।
आठ वर्षसम्म दुईतिहाइ बहुमतको निर्णय कार्यान्वयन गर्न नसक्नु प्रदेश सरकार र राजनीतिक नेतृत्वको गम्भीर असफलता हो भन्ने जनगुनासो बढ्दो छ ।

अब पनि तेघरीको निर्णय कार्यान्वयन गर्ने हो कि नयाँ राजधानी तोक्ने हो-यसको स्पष्ट निर्णय प्रदेशसभाले गर्नुपर्ने देखिन्छ । राजधानीको नाममा वर्षौंसम्म बजेट छुट्याउने, अस्थायी कार्यालयमा करोडौँ खर्च गर्ने तर स्थायी राजधानीको टुंगो नलगाउने प्रवृत्तिले प्रदेश संरचनामाथि नै प्रश्न उठाएको छ ।

सोमबार, असोज १२, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
दुर्गा प्रसाईं पक्राउ
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा
सुनको मूल्य घट्यो
सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका
विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण
बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

समाचार

सबै

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

सुनको मूल्य घट्यो

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

सुनको मूल्य घट्यो

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.