• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरबाट मदन पुरस्कार विजेताहरु : ‘कृतिप्रतिको सम्मान हो’

  •   सोमबार, असोज १५, २०८० मा प्रकाशित

कैलाली- विसं २०२८ मा तत्कालीन प्रशासक बझाङका स्थिरजङ्गबहादुर सिंहले ‘कर्णाली लोकसंस्कृति’ नामक अनुसन्धानात्मक सङ्ग्रहका लागि प्रदीप रिमाल, चुँडामणि बन्धु, विहारीकृष्ण श्रेष्ठ र सत्यमोहन जोशीसँगै मदन पुरस्कार जिते ।

कर्णाली क्षेत्रको इतिहास, भूगोल, समाज, भाषा र साहित्यको वर्णन गरी पाँच खण्डमा लेखिएको उक्त पुस्तकले बझाङका सिंहलाई सुदूरपश्चिमबाटै पहिलो पटक मदन पुरस्कार दिलाएको थियो । विसं २०२८ को दशकमा सुदूरले पाउन थालेको मदन पुरस्कार यहाँ लेखनमा सक्रिय भएकाले विसं २०८० को दशकमा पनि सुदूरले उक्त पुरस्कार प्राप्त गरेको छ ।

विसं २०५४ मा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको विसर्जन कथा सङ्ग्रहले मदन पुरस्कार प्राप्त गर्‍यो । नेपाली साहित्यमा कथा विधामा मदन पुरस्कार पाउने चन्द पहिलो कथाकार हुन् । उनले रासससँग कुरा गर्दै मदन पुरस्कार कृतिप्रतिको सम्मान भएको बताए ।

“नेपाली कला, संस्कृतिका लागि मदन पुरस्कार एक प्रेरणा हो”, उनले भने, “अहिलेसम्म राम्रै पात्रलाई यो पुरस्कार दिइएको देख्छु ।” उनले हालै मदन पुरस्कार पाउने ‘ऐँठन’ पुस्तक आफूले अध्ययन गर्ने बताए ।

पछिल्लो समय विसं २०७९ को मदन पुरस्कार कैलालीको टीकापुरका विवेक ओझाको ऐँठनले पाएको छ । पुरस्कार विजेता ओझाले पुरस्कारले लेखनमा थप जिम्मेवारीसँगै सक्रियता बढाउने बताए । “गुठीलाई धेरै धन्यवाद दिन चाहन्छु, पुरस्कारले मेरो लेखनलाई अझै सशक्त बनाउन बल पुग्नेछ”, उनले भने, “लेखकको चाहना धेरैले पुस्तक पढुन्, पुस्तकबारे चर्चा गरुन् भन्ने हुन्छ । त्यसमाथि देशकै गौरववान्वित पुरस्कार पाउँदा खुसी लागेको छ । लेखनका माध्यमबाटै थप पाठकको माया पाउने अपेक्षा छ ।”

विसं २०४८ मा अछामको तत्कालीन दर्ना गाविस–३ मा जन्मिएका ओझाले प्रवीणता प्रमाणपत्र तहसम्मको पढाइ टीकापुरबाट प्राप्त गरेका थिए । स्नातकतह व्यवस्थापन विषयमा मीनभवन क्याम्पस बानेश्वर र स्नातकोत्तरसम्मको पढाइ शङ्करदेव क्याम्पस काठमाडौँबाट पूरा गरेका ओझाले आफ्नो लेखनलाई अगाडि बढाउँदै गए ।

आफ्ना दाजु सुशील ओझाको लेखाइबाट प्रभावित भएका ओझा सानो हुँदा गजल तथा मुक्तक लेख्ने गथ्य । लेखनलाई निरन्तरता दिँदै ओझाले २०७० सालमा ‘एक पाइला’, ‘आकाशमा गजल सङ्ग्रह’ र २०७४ सालमा उपन्यास ‘ऐलानी’ बजारमा ल्याए ।

“मेरो दाई सुशील प्रेरणाका स्रोत हुन्, त्यससँगै परिवार, साथीभाइ, पब्लिकेशन सबैको साथ मिल्यो जसले मलाई लेखनमा लागिरहन हौसला मिल्यो”, ओझाले भने, “पुस्तक लेखनमा हौसला प्रदान गर्ने सबैलाई धन्यवाद दिन्छु, यो पुरस्कारले मलाई थप हौसला र जिम्मेवारी मिलेको छ ।”

छोराका तीन वटा कृति बजारमा आउँदा एउटाले देशकै प्रतिष्ठित मानिने पुरस्कार पाएकामा आफूलाई निकै खुसी लागेको लेखकका पिता कृष्णप्रसाद ओझाले बताए । “छोराभन्दा पनि म आफैँ सफल भएको महसुस गरेको छु, पुरस्कारपछि परिवारमा सबै खुसी भएका छौँ”, उनले भने, “आगामी दिनमा छोरालाई र अन्य लेखन कार्यमा लागेका व्यक्तिलाई निरन्तर आफ्ना काममा लागिरहन सल्लाह दिन्छु ।”

ओझाका बुवा मात्र होइन यो पुरस्कारले यहाँका साहित्यकार पनि खुसी भएका छन् । “कैलालीवासीका लागि यो पुरस्कारले यस क्षेत्रको साहित्य क्षेत्रलाई विकास गर्न हौसला दिन्छ”, टीकापुरका मीनबहादुर थापा मिलनले भने, “विवेक जीलाई बधाई, हामीलाई पनि यो पुरस्कारले हौसला मिलेको छ ।”

विसं २०६३ मा सुदूरकै महेशविक्रम शाहको ‘छापामारको छोरो’ले मदन पुरस्कार प्राप्त गर्‍यो । नेपाल प्रहरीका अवकाशप्राप्त डिआइजी शाह बहालमै रहँदा उक्त पुस्तक प्रकाशित भएको थियो । उनको टीकापुरमासमेत बसोबास रहेको छ । प्रारम्भिक अवस्थादेखिकै ओझाको लेखन आफूले पढिरहेको बताउँदै यो पुरस्कारले सुदूरकै साहित्यलाई हौसला मिलेको शाहले बताए ।

“मैले आफूले पनि द्वन्द्वका विषयमा लेखेको छु”, उनले भने, “मैले लेख्दा द्वन्द्वका विषय जस्ताका तस्तै लेख्ने सामर्थ्य थिएन, उहाँको ऐँठनमा युद्ध र द्वन्द्वले कति नकारात्मक बनाउँछ भन्ने देखिन्छ ।” शाह यो पुरस्कारले सुदूरपश्चिमका साथै सबै लेखकका लागि खुसीको कुरा भएको बताए ।

त्यस्तै, २०६६ सालमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका नरबहादुर साउदले ‘नेपालका बालीनाली र तिनको दिगो खेती’ नामक पुस्तकका लागि मदन पुरस्कार प्राप्त गरे । अपाङ्गता भएका साउँदले त्यसपछि पनि केही पुस्तक बजारमा ल्याएका छन् । उक्त पुस्तक साझा प्रकाशनले बजारमा ल्याएको थियो ।

कृषि विषयमा मदन पुरस्कार प्राप्त गर्ने साउद पहिलो व्यक्ति हुन् । ह्वीलचेयरमा बसेर लेखनी यात्रालाई निरन्तरता दिँदै आएका साउँद अहिले महेन्द्रनगरस्थित शारदा विद्यापीठमा संस्कृत अध्ययनरत छन् । विसं २०७१ मा वरिष्ठ पत्रकार विजयकुमार पाण्डेको ‘खुसी’ले मदन पुरस्कार पायो । बैतडी पुर्ख्यौली घर भएका पाण्डेको यो पुस्तकले त्यस बेला धेरै बजार लिएको थियो ।

कैलालीका रामलाल जोशीको कथासङ्ग्रह ‘ऐना’ ले २०७२ सालको मदन पुरस्कार प्राप्त गरेको थियो । कथासङ्ग्रह ‘ऐना’का लेखक जोशीले ओझाको ऐँठनले मदन पुरस्कार पाएपछि निकै खुसी लागेको बताए । “हर्षले प्रफुल्लित छु, मेरो विजययात्राको कडीका रुपमा यस पुरस्कारलाई लिएको छु”, उनले भने, “मैले २०७२ सालको पुरस्कार पाउँदा नेपाली साहित्य सुदूरपश्चिमतिर फर्कन्छ भनेको थिए ।”

साहित्यकार जोशीका अनुसार नेपाली साहित्यका लेखिनुपर्ने धेरै विषय पश्चिममा बाँकी थिए र छन् । “पश्चिमका स्रष्टा क्षमता भएर पनि मूलधारमा जोडिन बाँकी थिए । ऐँठन नेपाली राजनीतिको दुर्दान्त घटना हो”, उनले भने, “ऐँठन नेपाली समाजको पीडाको उत्कर्ष पनि हो । अब सुदूरका धेरै विषयले साहित्यमा स्थान पाउने छन् । नेपाली साहित्यमा सुदूरका साहित्यकारले नेतृत्व गर्नेछन् ।” रासस

 

  • मदन पुरस्कार
सोमबार, असोज १५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन
कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने
दुर्गा प्रसाईं पक्राउ
राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा
सुनको मूल्य घट्यो

समाचार

सबै

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.